उपनिर्वाचनमा कसैसँग गठबन्धन नगर्ने रास्वपाको निर्णय

उपनिर्वाचनमा कसैसँग गठबन्धन नगर्ने रास्वपाको निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ। 

शुक्रबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय गरेको रास्वपा उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।

यसैगरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको उनले बताए।

चैत ११, २०७९ शनिबार १३:५९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।