एमबाप्पे नायक बन्दा फ्रान्सले नेदरल्यान्ड्सलाई ४-० ले हरायो

एजेन्सी : एमबाप्पेको दुई गोलको मद्दतले फ्रान्सले युरोकप छनोटमा नेदरल्यान्ड्सलाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।
गएराति भएको समूह ‘बी’ को खेलमा विश्वकपको फाइनलिस्ट राष्ट्र फ्रान्सको लागि दोस्रो मिनेटमै ग्रिजमनले खाता खोलेका थिए। उनले एमबाप्पेको पासका गोल गरेका थिए।
घरेलु मैदानमा आठौं मिनेटमा उपमेकानोले गोल गर्दै फ्रान्सको अग्रता दुगुना पारे। खेलको २१ औं मिनेटमा एमबाप्पेले अर्को गोल गर्दा पहिलो हाफमा नै फ्रान्सले ३-० को अग्रता बनाएको थियो।
यसपछि खेलको अन्तिम समय तिर एमबाप्पेले दोस्रो गोल गर्दै फ्रान्सको जित पक्का गरेका थिए।
चैत ११, २०७९ शनिबार ०७:५१:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।