विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने मुख्यमन्त्रीको घोषणा

विराटनगरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्ने मुख्यमन्त्रीको घोषणा

मोरङ : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेका छन्।

विराटनगरको शहीद रङ्गशालामा सुरु भएको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस क्षेत्रमा खेलकुदको विकासका लागि प्रदेश सरकारले आगामी वर्षदेखि रङ्गशाला निर्माण सुरु गर्ने जानकारी दिए।

खेलाडीले नेपालको क्रिकेटलाई अन्तर्राष्ट्रियस्तरमा पहिचान कायम गर्न सफल भएको सम्मानस्वरुप विराटनगर नजिक सुविधासम्पन्न अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेलमैदान निर्माण गर्ने उनले उल्लेख गर।

उनले क्रिकेट रङ्गशाला आगामी तीन वर्षभित्र निर्माण सम्पन्न हुने गरी प्रदेश सरकारको नीति तथा कार्यक्रममा समावेश गर्ने पनि बताए।

चैत १०, २०७९ शुक्रबार १४:०१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।