विश्वकपपछि अर्जेन्टिनाको पहिलो खेल, मेस्सीले बनाए ८०० गोल पूरा गर्ने कीर्तिमान

विश्वकपपछि अर्जेन्टिनाको पहिलो खेल, मेस्सीले बनाए ८०० गोल पूरा गर्ने कीर्तिमान

एजेन्सी : अर्जेन्टिनाका स्टार खेलाडी लियोनेल मेस्सीले आफ्नो फुटबल करियरमा ८०० गोलको कोशेढुंगा पार गरेका छन्।

मेस्सीको कीर्तिमानी गोलसँगै विश्व कप विजेता अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पानामालाई २-० गोलअन्तरले पराजित गर्यो।

विश्वकप जितेपछि अर्जेन्टिनाले खेलको यो पहिलो खेल थियो।

आज बिहान भएको खेलको ७८औं मिनेटमा आएर मात्रै सब्सटिच्युट खेलाडी थियागो अल्माडाको गोलमार्फत अर्जेन्टिनाले खाता खोलेको थियो।

यसपछि खेलको ८९औं मिनेटमा फ्रिकिकमार्फत आकर्षक गोल गर्दै मेस्सीले अर्जेन्टिनाको २-० को जित पक्का गरे।

यो गोलसँगै मेस्सीको देश र क्लबका लागि गरेर व्यावसायिक फुटबल करियरमा ८०० गोल पूरा भएको छ।

चैत १०, २०७९ शुक्रबार ११:१३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।