एएफसी यू-२० वुमेन्स एसियाकपमा नेपाल कठिन समूहमा

एएफसी यू-२० वुमेन्स एसियाकपमा नेपाल कठिन समूहमा

काठमाडौँ :  नेपाल एएफसी यू-२० वुमेन्स एसियाकप २०२४ को छनोटमा नेपाल बि समूहमा परेको छ। एसियाली फुटबल महासङ्घले जारी गरेको ड्रअनुसार नेपाल समूह ‘बी’ मा परेको हो।

बि समूहमा चीन, म्यानमार र चिनियाँ ताइपेयीको सामना गर्नुपर्ने भएकाले यो कठिन समूह हो। छनोटका खेल जुन ३ देखि ११ सम्म हुनेछन्। समूह विजेताले अर्को वर्ष उज्बेकिस्तानमा हुने एसियाकपमा स्थान पाउनेछ।

छनोटको प्रारम्भिक चरणमा समूह विजेता रहेको नेपालले छनोटको दोस्रो चरण प्रवेशका लागि प्यालेस्टाइन र नर्दन मारिया आइल्यान्डमाथि सहज जित निकालेको थियो।

चैत ९, २०७९ बिहीबार १६:१८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।