ज्वीगाटोलाई केआरकेको बधाई- कपिलको फिल्मले इतिहास रच्यो, मंगलबार ७५०० रूपैयाँ कमायो

एजेन्सी : चर्चित कमेडियन कपिल शर्माको फिल्म ‘ज्वीगाटो’ रिलिज भएसँगै यसको कमाइको चर्चा हुन थालेको छ।
कमेडी स्टारको स्टारडमका कारण फिल्मले रिलिज हुनुअघि नै निकै चर्चा कमाएको थियो। तर फिल्मले बक्स अफिसमा भने खासै कमाइ गर्न सकेको छैन।
सामाजिक सञ्जालमा कपिल शर्माको फिल्मलाई लिएर धेरैले मजाक बनाएका छन्। यसैबीच फिल्म समीक्षक केआरकेको एउटा ट्विट गर्दै मजाकलाई अझ बढावा दिएका छन्।
उनले कपिल शर्मा र ज्वीगाटोकाे विषयमा ट्वीटरमा लेखेका छन्- ‘कपिल शर्माले इतिहास रचेका छन्। उनको फिल्म ज्वीगाटोले मंगलबार ७५०० रूपैयाँ कमाएको छ। सम्पूर्ण टिमलाई धेरै धेरै बधाई।’
केआरकेको यो ट्विट इन्टरनेटमा निकै भाइरल बनिरहेको छ। यसमा दर्शकहरूले व्यापक प्रतिक्रिया जनाइरहेका छन् भने कपिल शर्माको मजाक उडाइरहेका छन्।
चैत ९, २०७९ बिहीबार ०९:४०:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।