माओवादी नेता ईन्द्र आङ्बोमाथि आक्रमण प्रयास, गाडीमा ढुंगा हानियो

काठमाडौं : कोशी प्रदेशका माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्बोमाथि आक्रमणको प्रयास भएको छ।
मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा उनी सवार गाडीमा ढुंगा प्रहार भएको हो।
आक्रमणको प्रयास भए पनि आङ्बो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिइन्।
आक्रमणको जिम्मा हालसम्म कसैले लिएको छैन। कोशी प्रदेश खारेजी संयुक्त संघर्ष समितिले सदरमुकाम फुङलिङमा कालो झण्डा देखाउन खोजेको थियो। तर, आक्रमणको सम्बन्धमा आफूहरूलाई जानकारी नभएको समितिले जनाएकाे छ।
नेता आङ्बोका साथमा माओवादी केन्द्रका प्रदेश संयोजक हर्क नेम्वाङ समेत थिए।
चैत ७, २०७९ मंगलबार १८:४८:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।