भरूवा बन्दुकसहित एक जना पक्राउ

नुवाकोट : प्रहरीले किस्पाङका एक पुरुषलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ।
पक्राउ पर्नेमा किस्पाङ गाउँपालिका-२ गोकर्ण बस्ने ३८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन्। उनलाई भरूवा बन्दुक १ थानसहित सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी चौकी फिकुरीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
चैत ७, २०७९ मंगलबार १५:५६:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।