प्रतियोगिताको अघिल्लो दिन मात्र घोषणा भयो ‘थ्री नेसन्स कप’ खेल्ने नेपाली टिम

काठमाडौं : घरेलु मैदानमा भोलि (बुधबार)देखि हुन लागेको ‘प्रधानमन्त्री थ्री नेसन्स कप’ खेल्ने नेपाली टिमको घोषणा आज मात्र भएको छ।
दशरथ रंगशालामा हुने आमन्त्रण प्रतियोगिताका लागि नेपाली टिमका नयाँ प्रमुख प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले २३ सदस्यीय टिमको घोषणा गरेको हुन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार किरण चेम्जोङको कप्तानीमा रहेको नेपाली टिममा सात नयाँ अनुहार रहेका छन्।
प्रतियोगितामा नेपाल, भुटान र लाओसले प्रतिस्पर्धा गर्ने छन् भने शीर्ष दुई टिमले फाइनल भिडन्त गर्ने छन्। नेपालले उद्घाटन दिनको खेलमा लाओससँग प्रतिस्पर्धा गर्नेछ।
चैत ७, २०७९ मंगलबार १५:११:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।