एकदिन घटेर फेरि बढ्यो सुनको मूल्य

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य एकदिन घटेर आज पुनः बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख नौ हजार आठ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिनको तुलनामा आज तोलामा पाँच सय रुपैयाँ मूल्य बढेको हो। आइतबार सुनको मूल्य इतिहासकै उच्च प्रतितोला एक लाख १० हजार कायम भएको थियो।
आइतबार एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँले बढेको मूल्य सोमबार भने प्रतितोला सात सय रुपैयाँले घटेको थियो।
त्यसैगरी आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार तीन सय रुपैयाँ तोकिएको छ।
चैत ७, २०७९ मंगलबार १४:०३:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।