भागबन्डा मिलाउँदै सरकारमा जाने तयारीका लागि समाजवादीले बनायो कार्यदल

काठमाडौं : एकीकृत समाजवादीले गठबन्धनमा भागबन्डा मिलाएर सरकारमा जाने तयारी गर्नका कार्यदल गठन गरेको छ।
आज (मंगलबार) बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले अध्यक्ष माधव नेपालको नेतृत्वमा तीन सदस्यीय कार्यदल बनाएको हो।
कार्यदलमा नेपालसँगै उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल रहेका छन्।
प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बैठकमा कुन भागबन्डामा सरकारमा जाने भन्ने विषयमा समेत छलफल भएको थियो।
त्यस कार्यदलले सरकारमा जाने पार्टीका मन्त्रीहरूले गर्ने काम, नीति तथा कार्यक्रम, केन्द्रदेखि प्रदेशसम्मको विषय आदिमा गृहकार्य गर्ने उनले बताए।
चैत ७, २०७९ मंगलबार १३:४८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।