निर्वाचन आयोगद्वारा उपनिर्वाचनका लागि दल दर्ता आह्वान

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ।
आयोगले चितवन-२, तनहुँ-१ र बारा-२ मा प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन आगामी वैशाख १० गते गर्ने निर्णय गरिसकेको छ।
आयोगद्वारा जारी सूचनामा भोलि (बुधबार)देखि चैत १२ गतेसम्म दल दर्ताको लागि आह्वान गरिएको छ।
चितवन-२ बाट निर्वाचित भएका रवि लामिछानेको सांसद पद निष्क्रिय नागरिकताका कारण गुमेको थियो। त्यसैले आयोगले यहाँ उपनिर्वाचन गर्न लागेको हो।
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएसँगै रिक्त भएको तनहुँ निर्वाचन क्षेत्र-१ र बारा-२ मा पनि आयोगल उपचुनाव गर्न लागेको हो।
नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ।
तनहुँ-१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् भने बारा-२ का सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि दुवै क्षेत्र रिक्त भएको थियो।
चैत ७, २०७९ मंगलबार ०८:३३:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।