प्रचण्डले विश्वासको मत माग्दै संसदमा भने' कांग्रेसले पश्चाताप गरेपछि लभ परिहाल्यो'

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँचै वर्ष प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा समेत आफू संविधानको रक्षाका लागि नयाँ समीकरणमा गएको दाबी गरेका छन्।
शान्तीप्रक्रियालाई टुंगोमा पुर्याउन आफू काँग्रेससहितको गठबन्धन सहज लागेको भन्दै उनले विचार नमिलेकाले आफूहरू अर्को गठबन्धनमा गएको बताए।
ओलीसँग सडक र सदन दुबै ठाउँमा लडेको ब्यक्ती आफू भएको भन्दै आफू र ओली र आफूले उठाएको विषय थाती राखेर अगाडि मात्र जाने सहमति गरेको तर त्यस्तो हुन नसकेको उनले दाबी गरे।
आफूलाई बालकोटमा बोलाउँदा पुरानो निर्णयमा पश्चाताप भयो होला भनेर बालकोट गएको तर त्यस्तो नदेखिएको भन्दै उनले भने' म अलि सोझो-सोझो छु क्या।'
संसद विघटन गर्नु सहि हो भनेर विश्वासको मत दिँदा ओलीले बोलेपछि अब गठबन्धन भङ्ग हुने लागेको भन्दै उनले गठबन्धन टुट्ने बेलामा ठुलठुला शिक्षा दिएर पठाएको भन्दै संसदमा अन्तिममा भएको कुराकानी खुलाए।
'ओलीजीले तपाईँ वैशाखभन्दा उता जान सक्नुहुन्न। बायाँ पट्टीको लवीमा तपाईँ र म एकै ठाउँमा हुन्छौं भन्नुभएको छ। उहाँलाई सफल बनाउने कि आफू असफल त्यो हाम्रो हातमा छ' उनले भने।
उनले आफूलाई पहिलो प्रधानमन्त्री बनाउन नमानेकोमा कांग्रेसले पश्चाताप गरेको भन्दै भने' कांग्रेसले पश्चाताप गरेपछि लभ परिहाल्यो।'
चैत ६, २०७९ सोमबार १७:०३:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।