प्रधानमन्त्रीले विश्वासको मत माग्दै भने - ‘यति छिट्टै यो अवस्था आउला भन्ने लागेको थिएन’

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि विश्वासको मत माग्नका लागि यति छिट्टै संसद्मा आउनुपर्ने अवस्था आउला भन्ने आफूले सोच्दै नसोचेको बताएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै उनले यो प्रतिक्रिया दिएका हुन्।
‘विश्वासको मतको लागि यति छिट्टै फेरि संसद्मा अनुरोध गर्नुपर्ने अवस्था आउला भन्ने लागेको थिएन। सहयात्री सबै दलहरूले पनि संसदमा स्थायित्वको बाचा गर्नुभएको थियो,’ उनले भने।
तर सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने प्रस्तावमा राप्रपा र एमालेका मन्त्रीहरुले सरकार छाडेपछि यो अवस्था आएको उनले बताए।
संसद्मा स्थायित्वको वाचाका बाबजुद सरकार गठनको दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउँला भन्ने आफूलाई नलागेको उनले उल्लेख गरे।
चैत ६, २०७९ सोमबार १३:५५:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।