स्वार्थीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत देलान्, एमालेले दिंदैन : केपी ओली

स्वार्थीहरूले प्रधानमन्त्रीलाई विश्वासको मत देलान्, एमालेले दिंदैन : केपी ओली

काठमाडौं : एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई विश्वासको मत नदिने निर्णय गरेको छ।

पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष केपी ओलीले प्रचण्डमाथि कुनै विश्वास नभएकाले विश्वासको मत पनि नदिने बताए।

‘प्रधानमन्त्रीमाथि विश्वास छ भन्ने गरेका यस गठबन्धनका स्वार्थीहरुले भोट देलान्। हामीलाई स्वार्थ पनि छैन, हामीलाई झुक्नु पनि छैन र उहाँप्रति विश्वास छैन,’ उनले भने।

उनले प्रचण्डले हालसालै देखाएका अविश्वसनीय कदम, षडयन्त्र र चालबाजीका कारण उनीमाथिको विश्वास गुमेको बताए।

चैत ६, २०७९ सोमबार १३:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।