नवनिर्वाचित उपराष्ट्रपति यादवले गरे शपथ ग्रहण

नवनिर्वाचित उपराष्ट्रपति यादवले गरे शपथ ग्रहण

काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज यादवले राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा शपथ ग्रहण गरेका हुन्।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए।

शपथ ग्रहण समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, शेरबहादुर देउवा, माधव नेपाल लगायतको सहभागिता रहेको थियो।

चैत ६, २०७९ सोमबार १०:५२:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।