प्रिमियर लिगमा आर्सनलले बनायो ८ अंकको अग्रता, क्रिस्टल प्यालेस ४-१ ले पराजित

एजेन्सी : लिग लिडर आर्सनलले इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ४-१ गोल अन्तरले पराजित गरेको छ।
घरेलु मैदान इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा आर्सनलको लागि बुकायो साकाले दुई गोलको योगदान दिए।
त्यसैगरी मार्टिनेली र झाँकाले एक/एक गोल गरेका थिए। यो जितसँगै आर्सनलले प्रिमियर लिगमा स्पष्ट ८ अंकको अग्रता बनाएको छ।
आर्सनलले २८ खेलबाट ६९ अंक बनाउँदा एक खेल कम खेलेको म्यानचेस्टर सिटीको ६१ अंक छ।
चैत ६, २०७९ सोमबार ०९:४५:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।