आइएमईले ल्यायो ‘५ को ५’ अफर, ईयरबड्स जित्ने मौका

काठमाडौं : आइएमई ग्रुप अन्तर्गत रहेको आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले ५ को ५ नामक नयाँ अफर सार्वजनिक गरेको छ।
यस अफरमा विभिन्न माध्यमहरू, लिन्क गरेको बैंकको खाताबाट, एम-बैन्किङ वा इ-बैन्किङबाट, डेबिट/क्रेडिट कार्डबाट रेमिट्यान्स प्राप्त गर्दा र आइएमई पे वालेटबाट आइएमई पे वालेटमा कम्तिमा ५ पटक पैसा लोड गर्दा ५ जना भाग्यशाली विजेताहरूले ‘सामसुङ ग्यालेक्सी बड्स २’ जित्ने मौका पाउने भएका छन्।
यसका साथै, हरेक दिन कम्तीमा १ पटक सोही माध्यमहरुबाट आइएमई पे वालेटमा पैसा लोड गर्दा १ जना भाग्यशाली विजेताले रु. १००० जित्ने मौका पनि पाउने छन्। सो रकम विजेताको वालेटमा लोड हुनेछ।
चैत्र १ देखि १५ गते सम्म चल्ने यो अफर ग्राहक वर्गलाई विद्युतीय माध्यमबाट भुक्तानी गर्न प्रेरित गर्दै वालेटमा क्यास इन अर्थात लोड मनी गर्न प्रोत्साहन गर्ने उदेश्यका साथ गरिएको हो।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ (वालेट एप) विद्युतीय भुक्तानी सेवा प्रदायक हो।
नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्योट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोवाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।
चैत ६, २०७९ सोमबार ०९:३१:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।