फुलहमका दुई खेलाडीले रातो कार्ड पाएपछि म्यान्यूको ३ गोल, एफए कपको सेमिफाइनलमा

एजेन्सी : म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
९ खेलाडीमा समेटिएको फुलहमलाई ३-१ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेडले एफए कपको अन्तिम चारमा स्थान पक्का गरेको हो।
खेलमा अग्रता भने ५०औं मिनेटमा मित्रोभिचको गोलमार्फत फुलहमले लिएको थियो। तर यसपछि विलियम र मित्रोभिच सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि फुलहम ९ खेलाडीमा समेटियो।
जसको फाइदा उठाउँदै म्यान्यूले अन्तिम १५ मिनेटमा तीन गोल फर्कायो। म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नान्डेसले दुई तथा मार्सेल सवित्जरले एक गोल गरेका थिए।
चैत ६, २०७९ सोमबार ०९:०२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।