रियललाई हराउँदै बार्सिलोनाले बनायो १२ अंकको अग्रता, इन्ज्युरी समयको गोल बन्यो निर्णायक

एजेन्सी : स्पेनिस लिगको ‘एल क्लासिको’ म्याचमा बार्सिलोनाले रियल म्याड्रिडलाई २-१ गोलले पराजित गरेको छ।
घरेलु मैदानमा क्याम्प नाउमा सानदार पुनरागमनसँगै इन्ज्युरी समयमा गोल गर्दै बार्साले जित निकालेको हो।
आइतबार राति भएको खेलको नवौं मिनेटमा एराउजोले आत्मघाती गोल गर्दा बार्सिलोना १-० ले पछि परेको थियो।तर ४५औं मिनेटमा सर्जी रोबर्टोले बार्साका लागि बराबरी गोल फर्काए।
यसपछि खेल बराबरीमा सकिने अनुमान गरिएका बेला इन्ज्युरी समयमा गोल गर्दै फ्रान्क केस्सीले बार्सिलोनाको जित पक्का गरे।
रियलविरुद्ध बार्सिलोनाको यो लगातार तेस्रो जित हो।
जितसँगै बार्सिलोनाले लिगमा १२ अंकको स्पष्ट अग्रता बनाएको छ। लिडर बार्सिलोनाको लिगमा २६ खेलबाट ६८ अंक छ भने दोस्रो स्थानमा रहेको रियलको समान खेलबाट ५६ अंक छ।
चैत ६, २०७९ सोमबार ०८:४३:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।