नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ ग्रहण गर्दै

काठमाडौं : नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिंदैछन्।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको छ।
यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए।
निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको थियो।
चैत ६, २०७९ सोमबार ०७:०५:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।