दराजले सुरु गर्यो ‘सामसुङ ग्यालेक्सी एम०४’ को डेलिभरी दिन

काठमाडौं : दराज नेपालले ‘सामसुङ ग्यालेक्सी एम०४’ स्मार्टफोनको प्रि-अर्डर खुला गरेकोमा त्यसको डेलिभरी दिन सुरु गरेको छ।
दराज नेपालले गत मार्च १३ देखी मार्च १७ सम्म यस स्मार्टफोनको प्रि-अर्डर लिएको थियो।
नयाँ रिलिज भएको यस सामसुङ ग्यालेक्सी एम०४ लाई ग्राहकहरूले अझै पनि दराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्ने बताइएको छ।
‘ग्यालेक्सी एम०४’ सामसुङको पछिल्लो स्मार्टफोन हो, जसमा 1TB सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित छ।
साथै यसमा ५,००० mAh ब्याट्री र ६.५ इन्चको HD+ डिस्प्ले रहेको छ। यसको अर्को आकर्षक विशेषता भनेको यसको RAM विस्तार गर्न सकिन्छ। यसमा तोकिएको ४ जीबी RAM लाई ८ जीबीसम्म बढाउन सकिन्छ।
सामसुङ ग्यालेक्सी एम०४ दुई भेरियन्टहरू, ४/६४ जीबी र ४/१२८ जीबीमा प्राप्त गर्न सकिन्छ र क्रमशः यसको मूल्य रु. १५,४९९ र रु. १७,४९९, मा निर्धारण गरिएको छ।
साथमा यस फोनको खरीदमा ५०० रुपैयाँको दराज भाउचर पनि प्राप्त गर्न सकिनेछ।
चैत ५, २०७९ आइतबार १३:०३:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।