सुनको मूल्यले बनायो हालसम्मकै उच्च रेकर्ड, कति पुग्यो?

काठमाडौं : सुनको मूल्यले आज (आइतबार) हालसम्मकै उच्च रेकर्ड बनाएको छ। आज एकै दिन सुनको मूल्य दुई हजार ९०० रुपैयाँले बढेको हो।
यो वृद्धिसँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख १० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघकाले जनाएको छ।
शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ७ हजार १०० रुपैयाँ तोकिएको थियो। आज तेजावी सुनको मूल्य एक लाख ९ हजार ५ सय रुपैयाँ तोकिएको छ।
चैत ५, २०७९ आइतबार ११:५६:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।