दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई भीमदत्त नगरपालिकाले जनही डेढ लाख दिने

दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई भीमदत्त नगरपालिकाले जनही डेढ लाख दिने

काठमाडौं : भीमदत्त नगरपालिकाले राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी दीपेन्द्रसिंह ऐरी र भीम सार्कीलाई जनही एक लाख ५१ हजार नगद पुरस्कार दिने घोषणा गरेको छ।

हालै काठमाडौंमा सम्पन्न आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको अन्तिम खेलमा युएईलाई पराजित गर्दै नेपाली टिम जिम्बाबेमा हुने एकदिवसीय विश्वकप ‘क्वालिफायर’मा पुग्न सफल भएको थियो।

उक्त टिममा रहेका ऐरी र सार्की भीमदत्त नगरपालिकाका स्थायी बासिन्दा भएकाले नगद पुरुस्कारसहित सम्मान गरिने नगरपालिकाका प्रवक्ता महेन्द्र खड्काले बताए।

नगरप्रमुखले सार्वजनिक कार्यक्रममै दुवै खेलाडीलाई पुरस्कृत गरिने घोषणा गरेको र अब छिट्टै कार्यपालिकाको बैठक बसेर निर्णय गर्ने उनले जानकारी दिए।

चैत ५, २०७९ आइतबार ०९:४४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।