बुद्धिमान तामाङ बने राप्रपा संसदीय दलको उपनेता

बुद्धिमान तामाङ बने राप्रपा संसदीय दलको उपनेता

काठमाडौं : बुद्धिमान तामाङ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको उपनेतामा चयन भएका छन्।

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार आज (शनिबार) बसेको पार्टीको संसदीय दलको बैठकले तामाङलाई दलको उपनेतामा चयन गरेको हो।

तामाङ समानुपातिक पद्धतिबाट प्रतिनिधिसभा सदस्य चयन भएका थिए। बैठकले संसदीय दलको विधान पनि पास गरेको बताइएको छ।

चैत ४, २०७९ शनिबार १६:२६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।