कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक, प्रधानमन्त्रीको विश्वासको मतबारे छलफल हुने

काठमाडौं : नेपाली कांग्रेसले भोलि (आइतबार)का लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने विषयमा छलफल हुने बताइएको छ।
बैठक भोलि बिहान साढे १० बजेको लागि बोलाइएको हो। प्रधानमन्त्री दाहालले चैत ६ गते, सोमबार पुनः विश्वासको मत लिने कार्यक्रम रहेको छ।
यसअघि दाहालले गत पुस २६ गते विश्वासको मत लिएका थिए। तर एमालेसँगै अन्य केही दलहरूले समर्थन फिर्ता लिएका थिए।
चैत ४, २०७९ शनिबार १४:३२:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।