नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई दिएर राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

नवनिर्वाचित उपराष्ट्रपतिलाई बधाई दिएर राष्ट्रपति भेट्न शीतल निवासमा प्रचण्ड

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।

शुक्रबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ।

नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बधाई दिएपछि प्रधानमन्त्री दाहाल शीतल निवास गएका हुन्।

पौडल राष्ट्रपतिमा निर्वाचित भएपछि उनीहरूबीचको यो पहिलो औपचारिक भेटवार्ता हो। पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए।

चैत ३, २०७९ शुक्रबार २०:४०:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।