रास्वपाले गर्‍यो उपराष्ट्रपतिका लागि ममता झालाई भोट दिने निर्णय

रास्वपाले गर्‍यो उपराष्ट्रपतिका लागि ममता झालाई भोट दिने निर्णय

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपति निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ।

पार्टीका एक सांसदका अनुसार शुक्रबार बसेको बैठकले जनमत पार्टीबाट उम्मेदवार बनेकी ममता झालाई भोट दिने निर्णय गरेको हो।

उपराष्ट्रपति पदका लागि अहिले ३ बजेसम्म संसद भवनमा मतदान हुनेछ। जसका लागि झासँगै जसपाका रामसहाय यादव र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेका छन्।

चैत ३, २०७९ शुक्रबार १४:०३:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।