अब मन्त्रालय रोज्ने पालो हाम्रो हो, गृह मन्त्रालय लिन्छौं : राजेन्द्र पाण्डे

अब मन्त्रालय रोज्ने पालो हाम्रो हो, गृह मन्त्रालय लिन्छौं : राजेन्द्र पाण्डे

काठमाडौं : एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले अब आफूहरू गृह मन्त्रालयसहितका कम्तीमा ३ मन्त्रालय लिएर सरकारमा जाने बताएका छन्।

उपराष्ट्रपतिका लागि मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको पहिलो प्राथमिकता गृह मन्त्रालय रहेको बताए।

साथै उनले प्रधानमन्त्री दाहालले ६ गते विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तारको काम अघि बढाउने उल्लेख गरे।

उनले भने, ‘पार्टी नेतृत्वको बारेमा पनि छलफल भएको छैन र कति मन्त्रालय लिने भन्ने बारेमा पनि खास छलफल भएको छैन। तर मलाई लागेको हाम्रो पार्टीले तीनवटा मन्त्रालय नघट्ने गरी दाबी गर्छ।’

‘राष्ट्रपति कांग्रेसले रोज्यो, प्रधानमन्त्री माओवादीले रोज्यो, उपराष्ट्रपति जसपाले लियो। अहिलेको हाम्रो समीकरणभित्रको चौथो ठूलो दल हो हामी। अब मन्त्रालय रोज्ने पालो हाम्रो हो, एक नम्बरको मन्त्रालय लिन्छौं। हामी पहिलो प्राथमिकता गृहलाई नै दिन्छौं,’ उनले थपे।

चैत ३, २०७९ शुक्रबार १३:५३:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।