राष्ट्रपतिमा पुरुष निर्वाचित भएकाले उपराष्ट्रपतिमा महिला विजयी भएको राम्रो : ममता झा

काठमाडौं : उपराष्ट्रपति पदका लागि जनमत पार्टीका उम्मेदवार ममता झाले आफू निर्वाचित भए महिलाको हकअधिकार स्थापित गर्ने बताएकी छन्।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान गरेपछि उनले भनिन्, ‘राष्ट्रपतिमा पुरुष निर्वाचित भएको अवस्थामा उपराष्ट्रपति पदमा महिला निर्वाचित हुनु राम्रो हुन्छ।’
आज बिहान १० बजेदेखि सुरु भएको मतदान मतदान दिउँसो ३ बजेसम्म हुनेछ।
उपराष्ट्रपति पदका लागि जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव, जनमत पार्टीकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेका छन्।
चैत ३, २०७९ शुक्रबार १३:२१:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।