उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले हाले भोट, १२ बजेसम्म ५९५ मत खस्यो

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्री प्रचण्डले हाले भोट, १२ बजेसम्म ५९५ मत खस्यो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले उपराष्ट्रपतिको निर्वाचनमा मतदान गरेका छन्।

नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रमा उनले मतदान गरेका हुन्।

उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ। अपराह्न १२ बजेसम्म पाँच सय ९५ मत खसेको सहायक निर्वाचन अधिृकत अमृताकुमारी शर्माले जानकारी दिए। 

संघतर्फ दुई सय १२ र प्रदेशतर्फ तीन सय ८३ मत खसेको छ । उपराष्ट्रपति निर्वाचनमा तीन सय ३२ संघीय संसद्का सदस्य र पाँच सय ५० प्रदेशसभाका सदस्य मतदाता रहेका छन्। 

चैत ३, २०७९ शुक्रबार १२:३३:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।