गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो, सबैले मलाई नै भोट दिने विश्वास छ : रामसहाय यादव

गठबन्धनको सर्वसम्मत उम्मेदवार मै हो, सबैले मलाई नै भोट दिने विश्वास छ : रामसहाय यादव

काठमाडौं :  उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवले गठबन्धनको सर्वसम्मत उम्मेदवार आफू नै भएकाले सबैले आफूलाई नै मत दिने विश्वास व्यक्त गरेका छन्।

आज उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि उनले आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धनका लागि काम गर्ने बताए।

उनले भने ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार मै हो। पूर्ण विश्वास छ कि गठबन्धनका सबै सदस्यहरूले भोट दिएर मलाई जिताउनु हुनेछ।’

‘संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता रहनेछ। नेपाललाई समृद्ध मुलुकको रुपमा विकसित गर्नका लागि म इमान्दारिता पूर्वक जनताको पक्षमा काम गर्नेछु,’ उनले थपे।

चैत ३, २०७९ शुक्रबार १२:२२:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।