किरियापुत्रीकै अवस्थामा उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न पुगे प्रकाश बराल

काठमाडौं : उपराष्ट्रपति पदका लागि आज भएको निर्वाचनमा प्रदेशसभा सदस्य प्रकाश बरालले किरियापुत्रीकै अवस्थामा मतदान गरेका छन्।
गण्डकी प्रदेशको कास्की निर्वाचन क्षेत्र नं ३ (२) का प्रदेशसभा सदस्य बरालले आशौच बारिरहेका बेला मतदान गरेका हुन्।
मतदान गरेपछि उनले भने, ‘संविधानले दिएको जिम्मेवारी र आफ्नो कर्तव्य पूरा गर्ने सन्दर्भमा उपराष्ट्रपति निर्वाचनमा मतदानका लागि यहाँ आएर मतदान गरेको हुँ ।’
पिता लोकराजको निधन भएका कारण हाल बरालले आशौच बारिरहेका छन्। मतदान गर्नका लागि बराल आज बिहान पोखराबाट विमानमार्फत काठमाडौं आएका थिए।
चैत ३, २०७९ शुक्रबार ११:२३:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।