बेटिसलाई हराउँदै म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा

एजेन्सी : इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
युरोपा लिगको प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियल बेटिसलाई १-० ले हराउँदै युनाइटेडले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।
पहिलो लेग ४-१ ले जितेको युनाइटेडले समग्रमा ५-१ को नतिजा हात पारेको हो।
गएराति भएको दोस्रो लेगमा युनाइटेडको जितमा एक मात्र निर्णायक गोल मार्कस रासफर्डले खेलको ५६औं मिनेटमा गरेका थिए।
चैत ३, २०७९ शुक्रबार ०९:४३:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।