आयोगको निर्णयपछि रास्वपाले बोलाएको बैठक स्थगित गर्यो

आयोगको निर्णयपछि रास्वपाले बोलाएको बैठक स्थगित गर्यो

काठमाडौँ : निर्वाचन आयोगले मौन अवधिमा पार्टी बैठक राखेर मतदानबारे निर्णय नगर्न निर्देशन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगीत भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मतदान गर्नेबारे निर्णय गर्न आज शुक्रवार बिहान साढे ११ बजे पार्टी कार्यालय बसुन्धारामा बैठक राखेको थियो। आयोगले बिहीबार मौन अवधिमा बैठक राखेर कसलाई मतदान गर्ने भनेर निर्णय नगर्न र सार्वजनिक नगर्न ध्यानाकर्शण गराएको थियो।

उपराष्ट्रपतिमा चार जनाको उम्मेदवारी कायम छ। रास्वपाले राष्ट्रपति निर्वाचनमा सत्ता घटक दलका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिएको थियो।

पौडेलको बेलामा पनि रास्वपाले मतदान सुरु भइसकेपछि बैठक राखेर पौडेललाई मत दिने निर्णय सार्वजनिक गरेको थियो। 

चैत ३, २०७९ शुक्रबार ०९:२४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।