प्रिमियर लिग लिडर आर्सनल युरोपा लिगबाट बाहिरियो, टाइब्रेकरमा पराजित

प्रिमियर लिग लिडर आर्सनल युरोपा लिगबाट बाहिरियो, टाइब्रेकरमा पराजित

एजेन्सी : टाइब्रेकरमा ५-३ ले पराजित हुँदै इंग्लिस प्रिमियर लिग लिडर आर्सनल युरोपा लिगको प्रि-क्वाटरफाइनलबाटै बाहिरिएको छ।

गए राति स्पोर्टिङ लिस्वनसँग भएको प्रि-क्वाटरफाइनलको दोस्रो लेगको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

पहिलो लेग पनि २-२ गोलको बराबरीमा सकिएका कारण समग्रमा ३-३ गोलको नतिजासँगै खेल टाइब्रेकरमा पुगेको थियो।

यसपछि आर्सनलको घरेलु मैदानमा खेल टाइब्रेकरमा ५-३ ले जित्दै पोर्चुगिज क्लब लिस्वनले क्वाटरफाइनलमा स्थान सुरक्षित गर्दा आर्सनलको यात्रा भने अन्तिम १६ बाटै समाप्त भयो।

चैत ३, २०७९ शुक्रबार ०७:३७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।