२०८० सालमा ३५ दिन सार्वजनिक बिदा, दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा (राजपत्रसहित)

२०८० सालमा ३५ दिन सार्वजनिक बिदा, दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा (राजपत्रसहित)

काठमाडौं : सरकारले आगामी वर्ष दिइने सार्वजनिक बिदाको सूची सार्वजनिक गरेको छ।

विभिन्न दिवस, चाडपर्व र जन्मजयन्ती गरी ३५ दिन बिदा दिइएको बिहीबार राजपत्रमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ।

सूची अनुसार सरकारले पुस २७ गते पृथ्वी जयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा पनि दिएको छ।

राजपत्रमा उल्लेख भएको सूचना अनुसार सबैभन्दा लामो दशैंमा ६ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ।

चैत २, २०७९ बिहीबार २०:२२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।