‘ह्याक’ भएको प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्याण्डल पुन: सुचारू

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषदको आधिकारिक ट्वीटर अकाउन्ट पुन: सुचारू भएको छ।
बुधबार बेलुकीदेखि प्रधानमन्त्री कार्यालयको ट्वीटर ह्याण्डलबाट असान्दर्भिक रि-ट्वीट भइरहेको थियो।
अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको र यसबारे सत्यतथ्य छिट्टै सार्वजनिक गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको ट्वीटर अकाउन्ट @PM_Nepal_ पुन: सुचारूमा आएको पनि कार्यालयले एक सूचना जारी गरी जानकारी दिएको छ।
चैत २, २०७९ बिहीबार १५:५०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।