रास्वपाले बोलायो पदाधिकारी र संसदीय दलको संयुक्त बैठक, उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय हुने

काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ।
पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्नेछ।
उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने बुर्लाकोटीले जानकारी दिए।
उनका अनुसार बैठकले चैत ३ हुने उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने विषयमा निर्णय लिनेछ।
चैत २, २०७९ बिहीबार १२:१९:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।