आज मध्यरातदेखि स्ववियु निर्वाचनको मौन अवधि, प्रचारप्रसार गर्न नपाइने

काठमाडौं : आज (बिहीबार) मध्यरात देखि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मौन अवधि सुरु हुँदैछ।
राति १२ बजे मौन अवधि सुरु हुने भएकाले यसपछि कुनै पनि उम्मेदवारले प्रचारप्रसार गर्न पाउने छैनन्। स्ववियु चुनाव यही चैत ५ गते हुँदैछ।
यस पटकको स्ववियु निर्वाचनमा आचारसंहितामा निकै कडाइ गरिएको बताइएको छ। जसमध्ये उम्मेदवारहरूलाई पोस्टर टाँस्न र माइकिङ गर्न पनि कडाइ गरिएको छ।
चैत २, २०७९ बिहीबार १०:४५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।