रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, लिभरपुल बाहिरियो

रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वाटरफाइनलमा, लिभरपुल बाहिरियो

एजेन्सी : लिभरपुललाई पराजित गर्दै रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा स्पेनिस क्लब रियलसँग १-० ले पराजित भएपछि समग्रमा ६-२ को फराकिलो हारसँगै इंग्लिस क्लब लिभरपुल भने प्रतियोगिताबाट बाहिरियो।

पहिलो लेगमा रियल​​​​​​ले लिभरपुललाई ५–२ को फराकिलो अन्तरले हराएको थियो।

दोस्रो लेगमा पनि लिभरपुललाई पराजित गर्न रियलको लागि निर्णायक गोल करिम बेन्जेमाले गरेका थिए।

उनले खेलको ७८औं मिनेटमा भिनिसियस जुनियरको पासमा गोल गर्दै जित पक्का गरेका थिए।

चैत २, २०७९ बिहीबार ०७:२६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।