एलिट क्यापिटले धितोपत्र बोर्डबाट पायो मर्चेन्ट बैंकरको लाइसेन्स

एलिट क्यापिटले धितोपत्र बोर्डबाट पायो मर्चेन्ट बैंकरको लाइसेन्स

काठमाडौँ : एलिट क्यापिटल लिमिटेडलाई नेपाल धितो पत्र बोर्डले मर्चेन्ट बैंकरको लाइसेन्स दिएको छ।

बुधवार बोर्डले एलिटलाई सो लाइसेन्स दिएको हो। गतबर्ष पुँजी बजारका सक्रिय लगानीकर्ता र गैर आवासीय नेपालीको लगानीमा सो कम्पनी स्थापना भएको थियो।

बोर्डका अध्यक्ष डा. रमेश कुमार हमालले बुधवार एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यलाई मर्चेन्ट बैंकर अनुमति पत्रको प्रमाणपत्र हस्तान्तरण गरेका थिए।

क्यापिटलले आगामी साता औपचारिक उद्घाटनमार्फत कारोबार सुरु गर्ने कार्यकारी अध्यक्ष आचार्यले जानकारी दिए।

एलिट क्यापिटलले लाजिम्पाट उत्तरढोकास्थित मेट्रो पार्कमा कार्यालय स्थापना गरिसकेको छ। सोही स्थानबाट व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाईजरी, धितो पत्र प्रत्याभूति (अण्डरराईटिङ) र डिपी सेवा उपलब्ध गराउने आचार्यले बताए।

२२ करोड ५० लाख पुँजी रहेको क्यापिटलले थप प्रक्रिया पुरा गरेर निकट भविष्यमै प्राइभेट ईक्विटी तथा भेन्चर क्यापिटल र म्यूचुअल फन्डको समेत व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष आचार्यले बताए।

हाल ३९ वटा मर्चेन्ट बैंकरहरु सञ्चालनमा छन्। बोर्डले लामो समयदेखि मर्चेन्ट बैंकरको लाइसेन्स दिएको थिएन।

सञ्चालनमा रहेका मर्चेन्ट बैंकरहरुमध्ये झन्डै एक दर्जन क्यापिटल मर्जरमा गए भने केही खारेजीमा जाने प्रक्रियामा छन्।

चैत १, २०७९ बुधबार १६:५८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।