राष्ट्रपति रामचन्द्रको पहिलो नियुक्ति : प्रमुख स्वकीयमा डा सुरेश चालिसे

राष्ट्रपति रामचन्द्रको पहिलो नियुक्ति : प्रमुख स्वकीयमा डा सुरेश चालिसे

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो कार्यकालको पहिलो नियुक्तिको निर्णय गर्दै डा. सुरेश चालिसेलाई प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका छन्।

राष्ट्रपतिको शपथ खाएर कार्यभार सुरु गरेका उनले पहिलो निर्णय राजदूत नियुक्तिको निर्णयबाट गरेका थिए। आफ्नो टिमका सदस्यको पहिलो नियुक्ति पूर्व राजदूत समेत रहेका चालिसेलाई प्रमुख स्वकीय सचिव नियुक्तिबाट सुरु गरेका छन्।

चालिसे सुशील कोइरालाको प्रधानमन्त्री कालमा परराष्ट्र सल्लाहकार समेत भएका थिए।

उनले आफ्नो निजी सचिवमा भने पुरानै सहयोगी चिरञ्जीवी अधिकारीलाई नियुक्त गरेका छन्। अधिकारी लामो समयदेखि पौडेलको सहयोगीको रूपमा कार्यरत थिए।

फागुन ३०, २०७९ मंगलबार २२:३१:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।