पारसको टिमले हरायो क्रिस गेलको टिमलाई

पारसको टिमले हरायो क्रिस गेलको टिमलाई

काठमाडौं : लेजेन्ड्स क्रिकेट लिगमा नेपालका पूर्व कप्तान पारस खड्कासहितको एसिया लायन्सले क्रिस गेल र सेन वाट्सन जस्ता खेलाडी रहेको वर्ल्ड जायन्ट्सलाई ३५ रनले पराजित गरेको छ।

एसिया लायन्स यो लगातार दोस्रो जितसँगै लिगको शीर्ष स्थान यथावतै रहेको छ।

१० ओभरमा झारिएको खेलमा पारसले भने प्लेइङ ११ मा परे पनि ब्याटिङ र बलिङ दुवै गर्न पाएनन्।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एसियाले १० ओभरमा ३ विकेट गुमाउँदै ९९ रन बनाएको थियो। जसका लागि मिस्बाह उलहकले १९ बलमा सर्वाधिक ४४ रन जोडेका थिए।

यसपछि जितको लागि एक सय रनको विजय लक्ष्य पछ्याएको जायन्ट्स १० ओभरमा ५ विकेट गुमाउँदै ६४ रनमा समेटियो।

जायन्ट्सका लागि क्रिस गेलले १६ बलमा ३ छक्कासहित सर्वाधिक २३ रन बनाए पनि जितका लागि पर्याप्त भएन।

फागुन ३०, २०७९ मंगलबार ०८:५४:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।