फेरि बढ्न थाल्यो सुनको मूल्य, कति पुग्यो?

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ।
आज (सोमबार) सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आइतबारको तुलनामा प्रति तोला ६ सय रुपैयाँले बढेको हो।
अघिल्लो दिन प्रति तोला एक लाख तीन हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज एक लाख चार हजार एक सय रुपैयाँ तोकिएको छ।
आइतबार पनि सुनको मूल्य एकै दिन १७ सयले बढेको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य पनि ६ सयले बढेर प्रति तोला एक लाख तीन हजार ६ सय रुपैयाँ पुगेको छ।
फागुन २९, २०७९ सोमबार १२:१९:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।