सानदार बलिङ गर्दै नेपाल, ८२ रनमै पीएनजीको ७ विकेट पतन

सानदार बलिङ गर्दै नेपाल, ८२ रनमै पीएनजीको ७ विकेट पतन

काठमाडौं : नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा पीएनजीविरुद्ध आक्रामक बलिङ प्रदर्शन गरिरहेको छ।

नेपालको धारिलो बलिङ अगाडि ८२ रनमै पीएनजीको ७ विकेट खसिसकेको छ।

सिरिजको तेस्रो खेलमा टीयू क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो।

नेपालका लागि सन्दीप लामिछानेले ३ र ललित राजवंशीले २ विकेट लिएका छन्। त्यसैगरी सोमपाल कामी र कुशल मल्लले एक/एक विकेट झारे।

नेपालको लक्ष्य अब यस सिरिजका बाँकी दुवै खेल जितेर सोझै विश्वकप छनोटमा पुग्ने हो। यस लिगका शीर्ष तीन टिमले सोझै विश्वकप छनोट खेल्न पाउनेछन्।

आइतबार यूएईविरुद्ध १७७ रनको कीर्तिमानी जित निकालेपछि नेपालले एकदिवसीय (ओडीआई) मान्यता अर्को चार वर्षको लागि जोगाइसकेको छ।

फागुन २९, २०७९ सोमबार ११:२७:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।