मेट्रो सुपरमार्केटमा ‘स्मार्ट क्युआर’ मार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट पाइने

मेट्रो सुपरमार्केटमा ‘स्मार्ट क्युआर’ मार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट पाइने

काठमाडौं : मेट्रो सुपरमार्केटमा ‘स्मार्ट क्युआर’ मार्फत भुक्तानी गर्दा १० प्रतिशत अतिरिक्त छुट पाइने भएको छ।

विद्युतीय कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेट्रो सुपरमार्केटले पहिलो वार्षिकोत्सवको अवसरमा सम्पूर्ण सामान खरिद भुक्तानीमा छुट अफर सार्वजनिक गरेको हो। 

यस छुट अफर अन्तर्गत ग्राहकहरूले मेट्रो सुपरमार्केटमा कुनै पनि सामान खरिद गरि ‘स्मार्ट क्युआर’ मार्फत भुक्तानी गर्दा १० प्रतिशत अधिकतम १०० रुपैयाँ प्रति कारोबार र अफर अवधिभर ३०० रुपैयाँसम्म छुट लिन सक्नेछन्।

स्मार्ट क्युआरमा आबद्ध विभिन्न बैंक तथा वित्तीय संस्थाका ग्राहकहरूले मेट्रो सुपरमार्केटको सम्पूर्ण शाखाहरूमा क्युआर स्क्यान गरि भुक्तानी छुट प्राप्त गर्न सक्नेछन्। 

यस अफर अन्तर्गत मेट्रो सुपरमार्केर्टका पेप्सीकोला, सानेपा र जोरपाटी स्थित शाखामा एनआईसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, यन क्याश तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ।

फागुन २९, २०७९ सोमबार १०:०३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।