‘आइएमई पे’ले मोबाइल टपअपमा पाँच प्रतिशत क्यासब्याकको अफरलाई निरन्तरता दिने

‘आइएमई पे’ले मोबाइल टपअपमा पाँच प्रतिशत क्यासब्याकको अफरलाई निरन्तरता दिने

काठमाडौं : आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई पे’ ले आफ्नो सेवाग्राहीहरूलाई आइएमई पे मोबाइल वालेटमार्फत गरिने रिचार्जमा ५ प्रतिशत क्यासब्याकको अफर यथावतै राखेको छ। 

टपअपमा पाँच (५%) प्रतिशत क्यासब्याक पाउने अफरबाट धेरै सेवाग्राहीहरुलाई फाइदा पुगेको विश्वासका आधारमा यो अफरलाई यथावात राखिएको हो।

यो अफरले वित्तीय साक्षरता अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्दै डिजिटल कारोबारमा आम सेवाग्राहीहरूलाई अभ्यस्त बनाउने विश्वास लिइएको छ।
 
भौतिक नगदभन्दा बढी डिजिटल कारोबारको अनुभव प्राप्त होस् भन्ने उद्देश्यका साथ टपअपमा पाँच प्रतिशतको अफरलाई मुख्य प्राथमिकताका साथ अगाडि बढाइएको हो।

जसअनुसार सेवाग्राहीहरूले २ हजार रुपैयाँको रिर्चाज गर्दा एक सय, एक हजारको रिर्चाज गर्दा पचास र एक सयको रिर्चाज गर्दा पाँच रुपैयाँ क्यासब्याक पाउने छन्।

यो व्यवस्था आइएमई पेमा दर्ता भएको मोबाइल नम्बरमा पाँच प्रतिशत र दर्ता नभएको मोवाइल नम्बरमा दुई प्रतिशत कायम गरिएको छ। 

आइएमई पे आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट ऐन, २०७५ बमोजिम आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा ‘आइएमई पे’ प्रदान गर्ने अनुमति प्राप्त गरेको हो।

यस्तो अनुमति पाउने आई.एम.ई डिजिटल सोलुसन लिमिटेड देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो। 

आई.एम.ई डिजिटल सोलुसन लिमिटेडले ‘आईएमई पे’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउँछ र यसको मद्दतबाट सेवाग्राही आफैंले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्छन्। 

फागुन २९, २०७९ सोमबार ०९:३७:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।