एमाले मुख्य सचेतकमा पदम गिरी, सचेतकमा बर्तौला

काठमाडौँ : एमाले संसदीय दलको प्रमुख सचेतकमा पूर्व स्वास्थ्य मन्त्री पदम गिरी नियुक्त भएका छन्।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आइतबार गिरीलाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।
सचेतकमा प्रतिनिधिसभा सदस्य महेश बर्तौलालाई नियुक्त गरेका छन्। गिरी र बर्तौला दुवै विद्यार्थी राजनीतिबाट आएका नेता हुन्। गिरी पर्वतबाट र बर्तौला मकवानपुरबाट विजयी भएका थिए ।
फागुन २८, २०७९ आइतबार १८:४१:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।