संकटमा परेको नेपालको इनिङ सम्हाल्दै कप्तान रोहितले बनाए अर्धशतक

काठमाडौं : लिग-२ अन्तर्गत यूएईविरुद्धको खेलमा खराब सुरुवात गरेको नेपालको इनिङलाई मध्यक्रमका ब्याटरले सम्हालेका छन्।
कुनैबेला मात्र २२ रनमा तीन विकेट खेर फालेको नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतिकय इनिङ खेले।
उनले ८३ बलमा सात चौकाको मद्दतले अर्धशतक बनाएका थिए। उनको ओडीई करियरको यो आठौं अर्धशतक हो।
२२-३ मा रहेको नेपालको इनिङलाई चौथो विकेटका रुपमा भीम सार्कीसँग मिलेर रोहितले ५४ रनको साझेदारी गर्दै सम्हाल्ने प्रयास गरेका थिए।
भीमले ३७ बलमा ४ चौकासहित २९ रनको योगदान दिए। ३५ ओभरको खेल सकिँदासम्म नेपालले चार विकेट गुमाएर १५१ रन जोडेको छ।
खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले टिमको स्कोर मात्र १२ रन हुँदा दुवै ओपनर गुमाएको थियो।
दोस्रो ओभरमै आसिफ शेष डकआउट भए भने पाँचौं ओभरमा अर्का ओपनर कुशल भुर्तेल पनि ८ रनमा आउट भएका थिए।
यसपछि आठौं ओभरमा कुसल मल्ल पनि मात्र ९ रनमा पेभिलियन फर्किँदा नेपालले मात्र २२ रनमा तीन विकेट खेर फालेको थियो।
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय (ओडीआई) सिरिज अन्तर्गतको यो खेल जितेमा नेपालको आगामी चार वर्षका लागि अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले दिएको एकदिवसीय (ओडीआई) मान्यता कायमै रहने छ।
फागुन २८, २०७९ आइतबार १२:११:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।